११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

सत्ता गठबन्धन दलको सिट बाँडफाँड कार्यदल बैठक बस्दै

काठमाडौं ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ।

बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो।

दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिएका थिए। सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको हो।

सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने कार्कीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार