२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

जिप दुर्घटनामा ५ को मृत्यु, ९ जना घाइते

दार्चुला ।
गोकुलेश्वरबाट दार्चुलाको जिल्ला सदरमुकाम खलंगा जादैँ गरेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए । उनका अनुसार घटनामा अन्य ९ जना यात्री घाइते भएका छन् ।
घटनास्थलमा मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु उद्धार कार्यमा खटिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार