१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

नेता प्रदीप गिरिको उपचार भेन्टिलेटरमा हुँदै

काठमाण्डौ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई हिजो भेन्टिलेटरमा सारिएको हो । गिरिको अवस्था गम्भीर भएपछि र सुधार हुने आशासहित उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नेता गिरिको अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना सभा पनि गरेका छन् ।

नेता गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न शुक्रवार मेडिसिटी गएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गिरिको स्वास्थ्यलाभका लागि सबैसँग प्रार्थना गर्न आग्रह गर्नुभएको छ ।

नेता गिरिको घाँटीमा क्यान्सरसँगै निमोनिया पनि देखिएको छ । उहाँलाई साउन दोस्रो हप्ता मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । नेता गिरि एक निष्ठावान र विश्वार्थ नेता मानीनुहुन्छ , कांग्रेस बाहेकका ब्यात्तिहरुमाझ पनि प्रीय गिरिको सामाजिक संजाल तथा अन्य माध्यमबाट धेरैले स्वाथ्य लाभको कामना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार