१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

आज देशभर आंशिक बदली सहित केही ठाउँमा हल्का वर्षाको सम्भावना

आज देशभर आंशिक बदली सहित केही ठाउँमा हल्का वर्षाको सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा रहेको छ ।

भोलि पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशहरूका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हल्का तथा मध्यम पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार