बेलायती महारानी द्वितीयाको निधनमा नेपालले ३ दिन शोक मनाउने

काठमाण्डौ ।
नेपालले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बेलायती महारानीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । बैठकले तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बिहीवार राति स्कटल्यान्डको बालमोरल दरबारमा महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार