नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति शुशिलमान शेरचनसमेतको सहभागीता मल्लले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका हुन् । कांग्रेसबाट कारबाहीमा परेका मल्ल केही समय अगाडि कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।
प्रधानमन्त्री देउवाविरुद्ध कांग्रेस बीपीका मल्लको उम्मेदवारी घोषणा
तपाईको प्रतिक्रिया