३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

मौसम :सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ ।
आज सुदूरपश्चिम,गण्डकी र लुम्बिनी प्रदेशको एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा
ठूलो पानी पर्ने सम्भावना छ भने राति यी दुई प्रदेशसहित गण्डकीका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।
अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

अहिले देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ भने केही ठाउँको मौसम सामान्य बदली भएको छ ।

गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यहाँ बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार