३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

अख्तियारमा एक वर्षमा २४ हजार ३ सय बढी उजुरी,७० दलमलव ६ प्रतिशत फछर्यौट

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको छ।

अखितयारले बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २४ हजार ३ सय ३१ कूल उजुरीमध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको हो।

जसअनुसार प्रारम्भिक छानबिनबाट तामेली ५ हजार ३ सय २, सुझावसहित तामेली ४ सय ७४,विस्तृत अनुस्न्धान गर्ने निर्णय
भएको ८ सय २३ र अन्य आवश्यक कारबाही भएको उजुरीको संख्या १० हजार ५ सय ७० रहेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार भ्रष्टचारसम्बन्धी सबैभन्दा बी उजुरी मधेस प्रदेशमा रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

त्यस्तै सबैभन्दा बढी मुद्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी सम्बन्धी रहेको अख्तियारले जनाएको छ।
अख्तियारले बुधबार नै वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार