२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

रुकुम पूर्वमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। ग १ ख ९१०९ नम्बरको बस आज बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा रुकुम पूर्वको भूमे गाउँपालिका ५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, चालक रामेछापका लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उहाँका दुई वर्षका छोरा सिजन रहेका छन्।
यस्तै घाइते १२ जनामध्ये चार जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार चलिरहेको छ । बस काठमाण्डौबाट रुकुम पूर्वको रुकुमकोटका लागि छुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार