२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

दार्चुलामा बाढीको वितन्डा, पाँच जनाको मृत्यु ११ बेपत्ता

नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि दार्चुलामा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै बाढी र पहिरोमा परि ११ जना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर एककी मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहराको ज्यान गएको हो ।

नन्दरामको बाढीमा परि ज्यान गएको हो भने बाँकी चार जनाको पहिरोका कारण ज्यान गएको चन्दले जानकारी दिनुभयो । बाढीमा परि बेपत्ता ११ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । अन्य १० जना गम्भीर घाइते भएका छन् ।

बाढी र पहिरोका कारण महाकाली नगरपालिका, दुहु गाउँपालिका र नौगाड गाउँपालिकामा २० वटा घरमा क्षति पुगेको छ । दार्चुला–तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । एउटा विद्यालयमा पनि क्षति पुगेको बताईएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार