संघीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुदै

काठमाण्डौ – संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।

संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाले निकालेको सूचनामा उल्लेख छ । यस्तै प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनुाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार