२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

टुकुचा माथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनको अन्तरकालीन आदेश

ललितपुर – टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले अन्तरकालीन आदेश दिएको छ । काठमाण्डौ महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन थालेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले आज आइतवार आदेश जारी गरेको उच्च अदालत पाटनका रजिस्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिनुभएको छ। अदालतले असोज ५ गते रिट दायरकर्ता र विपक्षी महानगरपालिकालाई छलफलका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार