२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

समानुपातिक तर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउँदैछन्।

आयोगले बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिए पनि अधिकांश दलहरुले आज मात्रै आयोगमा बन्दी सूची बुझाउने तयारी गरेका छन्।

निर्वाचन कार्यक्रम अनुसार असोज ४ देखि ९ गतेसम्म आयोगले दलहरुले बुझाएको बन्दसूची छानबिन गरी आवश्यकता अनुसार सच्याउन दलहरुलाई
सूचित गर्ने, १० देखि १६ गतेसम्म उम्मेदवारहरुको बन्द सूची संशोधन गरी पेश गर्ने, १७ गते बन्द सूचीमा रहेका उम्मेदवारहरुले चाहेमा
नाम फिर्ता लिने र दललाई जानकारी दिने तालिका छ।

यस्तै असोज २० देखि २२ गतेसम्म नाम फिर्ता लिएर रिक्त भएको ठाउँमा अर्को नाम पेश गर्ने र २२ गते नै उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ।

आयोगले तयार गरेको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार