काठमाण्डौ ।
म्यादी प्रहरीमा मागभन्दा दोब्बर आवेदन परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएकोमा
आवेदन दिने म्याद हिजो सकिएको छ । यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभयो । सबैभन्दा धेरै आवेदन मधेस प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा परेको छ ।
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या माग भन्दा दोब्बर

तपाईको प्रतिक्रिया