२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

राष्ट्रपति विरुद्ध रिटमाथिको सुनुवाइ आइतवार हुने

काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आइतवारका लागि सरेको छ ।

अदालतमा दर्ता भएको नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी पाँच वटै रिट आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो ।
तर सुनुवाइ आउँदो आइतवारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

अधिवक्ताहरु सुनिल रञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले दायर गरेका छुट्टाछुट्टै रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्न
परमादेश माग गरिएको छ ।

विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको उल्लंघन गरेको रिटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार