१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न आयोगको निर्देशन

काठमाण्डौ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज एक विज्ञप्ति निकालेर असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न
७७ वटै जिल्लाका निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभएको हो ।

यस अघि आयोगले सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको थियो ।
साथै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउन पनि विज्ञप्तिमा भनिएको छ ।

कार्यालय स्थापना गरेपछि आयोगको सहमतिबिना निर्वाचन अधिकृतहरुलाई निर्वाचन क्षेत्र नछोड्न पनि आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार