४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

शेखर कोइराला समुहले पार्टी कार्यालय सानेपामा धर्ना दिने

काठमांडौ ।
समानुपातिक सुचि सच्याउन आग्रह गदै आएको नेपाली कांग्रेसको शेखर कोइराला गुटले पार्टी कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको छ । सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको हो । कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ । आजको बैठकमा उपसभापति धनराज गुरुङको पनि विरोध भएको बुझिएको छ ।

सभापति शेरबहादुर देउवाप्रति नरम देखिएको भन्दै गुरुङको आलोचना भएको थियो । बैठकमा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रकाश स्‍नेही सहभागी छन् । यस्तै नेताहरु गुरु घिमिरे, भुपेन्द्रजंग शाही, चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, धादिङ जिल्ला सभापति रामनाथ अधिकारी, बाग्मती प्रदेश कार्यसमितिका पदाधिकारी लगायत सहभागी भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार