२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

सल्यान जीप दुर्घटनाका दिवंगत ८ जनाकै पहिचान खुल्यो

सल्यान ।
सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका ८ जनाकै परिचय खुलेको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप दुर्घटनामा परेपछि ८ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन् । दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ ।

बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्किँदै गरेको जीप कपुरकोट–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जीपमा चालकसहित ९ जना थिए । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । चाडपर्व नजिकिए सँगै दुर्घटना बढन थालेपछि यात्रा असुरक्षित हुने हो कि भन्ने चिन्ता यात्रुहरुलाई पर्छ । हरेक वर्ष हुने दुर्घटनाबाट कैयाौँले ज्यान गुमाइरहदा सुरक्षित सडक र यात्राका लागि सचेतना अपनाउदै जानुपर्नेमा सरोकारवालाहरुले ध्यान पुर्याउनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार