२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

राष्ट्रपतिले सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने भएकी छिन्।

राष्ट्रपति कार्यालयले बिहीबार प्रेस नोट जारी गर्दै राष्ट्रपतिले टीका लगाइदिने तालिका सार्वजनिक गरेको हो।

कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधारणलाई विजयादशमीका दिन असोज १९ गते बुधबार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने तालिका छ।

त्यसअघि उनले इच्छुक सम्माननीय, मन्त्रीहरु, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका माननीय पदाधिकारीलाई टीका लगाउने प्रेस नोटमा उल्लेख छ।
त्यसका लागि दिउँसो २ देखि ३ बजेको समय तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार