८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन

काठमाडौं ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन।

समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ।

निर्वाचन कार्यतालिका अन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए।
समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले संशोधित बन्दसूची बुझाइसकेका छन्।

बाँकी १२ दललाई आजसम्ममा संशोधित बन्दसूची बुझाउन आयोगले पत्राचार गरेको छ।

हिजो नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले संशोधित सूची बुझाइसकेका छन्।

संशोधित सूचीमा नाम परेका उम्मेदवारहरुले नाम फिर्ता लिन चाहेमा भोलि असोज १७ गते बिहान १० देखि १२ बजेसम्म निवेदन दिने र भोलि नै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यसूची छ।

यस्तै असोज २० देखि २२ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सम्बन्धित समूहको अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यतालिका छ।

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार