१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ९ बजे बस्दै छ ।
उम्मेदवार चयनको विषय टुंगो लगाउनका लागि समितिको बैठक बस्ने भएको हो ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बस्ने बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार
चयनको विषयमा छलफल गर्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सोमबार भएको बैठकमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार हुन लागि दुईवटा मापदण्ड तय गरेको थियो ।

बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने र स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउनेलगायत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार