३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं ।
सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने तयारीमा रहेको बैठकबाट अन्तिम टुंगो लगाउने दलहरूको तयारी छ ।
यसअघि सोमवार सिट बसेपनि बाँडफाँटबारे निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।

सोमबारको बैठकमा सबै पक्षबीच मिहिन ढंगले छलफल भएको थियो ।
त्यसपछि माओवादी र कांग्रेसका नेताहरुले जसपासँग छुट्टै छलफल गरेका थिए ।

गठबन्धनमा अहिले जसपाले सम्मानजनक सिट नपाए गठबन्धन छोड्ने चेतावनी दिएको छ । उसले एमालेसँग सहकार्यको लागि हात अघि बढाउन खोजेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा करिब १५० सिटमा सहमति भएको दाबी गरिएको छ । कतिपय क्षेत्रमा भने दुई भन्दा बढि दलको दाबी रहेको कारण सहमति जुट्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार