१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

सत्ता गठबन्धनको बैठकका कारण विहीबार बोलाइएको कार्यसम्पादन समितिको बैठक प्रभावित भएपछि देउवाले आज मध्यान्ह १२ गते पुनः बैठक बोलाएका हुन् ।

बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने
सहमहामन्त्री जीवन परियारले बताए ।

उनका अनुसार कांग्रेसमा प्रतिनिधिसभाको उम्मेदवार चयनमा खासै समस्या छैन उनले भने, ’अधिकांश नेताको क्षेत्र निश्चित छ ।
प्रदेशमा अलिकति मिलाउनुपर्छ होला । उम्मेदवार चयनमा धेरै समस्या हुने देखिँदैन ।’

विहीबार विहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको भएपनि गठबन्धन बैठकमा कारण बस्दै नबसी स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार