लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पनि यी तीन प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । केही दिनयता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगातार ठूलो पानी परिरहेको छ । यी तीन प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम समेत बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुने अनुमान गरिएको छ । पश्चिमी क्षेत्रमा पनि भोलिदेखि क्रमिक रुपमा मौसममा सुधार हुने मौसमविद्को अनुमान छ । तर, मनसुन सक्रिय नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने हुने मौसमविद् अधिकारीले बताउनुभयो ।
लुम्बिनी सहित ३ प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना

तपाईको प्रतिक्रिया