काठमाण्डौ ।
नेपाल भित्रिएको पानी पार्ने प्रणाली र मनसुन कमजोर बनेसँगै मौसम खुल्न थालेको छ । मौसमविदका अनुसार अब तत्काल ठूलो वर्षाको सम्भावना छैन । तर, मनसुन बाहिरिनसकेकाले हल्का वर्षा भने हुने मौसमविद् हिरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने छ ।
बेलाबेला बादल लागे पनि ठूलो वर्षाको सम्भावना छैन । तर यसअघिको वर्षाकै कारण पनि पहाडी क्षेत्र र भिरालो जमिनमा पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।