युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ ।
योसँगै युगान्डामा इबोलाका कारण २४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक सङ्क्रमणका दुई नयाँ घटना दर्ता भएपछि सङ्क्रमितको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।इबोला भाइरसबाट सर्ने एक रोग हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो सङ्क्रमणबाट सुरुमा एक्कासि ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने, मांशपेशी दुख्ने र घाँटी खराब हुने देखिन्छ । यो रोगको सङ्क्रमण भएका चिम्पान्जी, चमेरो र जङ्गली मृगलगायतका जनावरसँगको निकट सम्पर्कबाट मानिसमा सर्ने गरेको डब्लूएचओले जनाएको छ ।