बझाङ जीप दुर्घटनामा ५ जनाको ज्यान गयो

बझाङ ।
बझाङको मष्टा गाउँपालिकामा आज बुधवार जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको भने अन्य नौ जना घाइते भएका छन् ।
चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप सडकबाट खस्दा पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो । घाइते नौ जनामध्ये केहीको अवस्था गम्भीर रहेको पनि उहाँले बताउनुभयो ।

प्रहरी र स्थानीयवासीको समन्वयमा नौ जनालाई नै अस्पताल पुर्‍याएर उपचार चलिरहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार