पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको छ ।
केही दिन अघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो बढ्न थालेको छ ।
मौसमविद् संजिव अधिकारीका अनुसार देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्दो अवस्थामा रहेको छ । पश्चिमी वायु सक्रिय रहेकाले दिउँसोको समयमा चर्को घाम लाग्न नसकेको अधिकारिले बताउनुभएको हो ।आज गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।
देशभर चिसो बढ्दै

तपाईको प्रतिक्रिया