१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

दक्षिण नगर समिति लुधियानाले गर्यो सिफारिस पत्र वितरण

भारत / पाणिनी न्युज संवाददाता
प्रवासी नेपाली संघ भारत पंजाब हिमाचल चंडीगढ़ संयुक्त राज्य समिति मातहत संचालित दक्षिण नगर समिति लुधियानाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी भइ सुर्य चिन्ह वाहक उमेदवारलाई विजय बनाउन स्वदेश जानुहुने संघका नेता एवं कार्यकर्त्तालाई प्रवासी नेपाली संघ भारत इन्चार्ज एवं ने.क.पा. एमाले केन्द्रीय कमिटी सदस्य हरि प्रसाद घिमिरेले सिफारिस पत्र वितरण गर्दै अहिलेको सबै पाटि मिलेर बनेको अपवित्र गठबंधनले घेरामा पारेको हाम्रो पाटिलाई जसरि भए पनी जिताउन सके मात्र समृद्ध नेपाल सुखि नेपालीको चाहाना पुरा हुने बताउनु भयो ।
एमालेको जितले मात्र हाम्रो स्वाभिमानको सपना पुरा हुने भन्दै घिमिरेले संगठन र देश को बारेमा अहिलेको अवस्था विष्लेषण गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय समिति सचिव श्री छवि लाल भट्टराई, केन्द्रीय समिति सदस्यहरु हरि प्रसाद खनाल, लोक नाथ पान्डे, विकाश रेश्मी,साथै राज्य समिति सह सचिव हरि प्रसाद अधिकारी,सह कोषाध्यक्ष चन्द्र मनि खनाल , राज्य समिति सल्लाहकार सदस्यहरु भोजराज घिमिरे, भिम बहादुर क्षेत्री, राज्य समिति सदस्य हरु वम बहादुर जि. सि. बम बहादुर घर्ति,थमन सेजवाल,चुरामनी पांडे, कृष्ण तिमिल्सिना, पार्वता गोविंद अधिकारी, बलबिर बारघरे, खिमिसरा बारघरे र नगर समितिका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा नव प्रवेश गर्न सदस्यहरु लाई अतिथिहरू ल सम्मान गरेका छन् । ।

May be an image of 12 people, people standing and people sitting

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार