१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

राप्रपाले कात्तिक २९ गतेसम्म चुनावी सभा गर्ने

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ कात्तिकमा काठमाडौंमा सभा गर्ने भएको छ ।

उक्त सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेताहरुले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामूहिक
अपिल गर्ने कार्यक्रम समेत रहेको छ ।

राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ ।

राप्रपाले २४ कात्तिकमा सिन्धुपाल्चोक, सिन्धुली, सिरहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा सभा गर्ने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले कात्तिक २९ गतेसम्म चुनावी सभा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार