२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

अस्थायी मतदाताका लागि १ सय ४१ वटा मतदान केन्द्र (सूचीसहित)

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि एक सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ ।
२०७२ सालमा लागू भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आउने भएको हो । सोहि व्यवस्थाअनुसार मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी व्यवस्था गरिएको आयोगले जनाएको छ । अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
आयोगले एउटा जिल्लामा घटिमा एक वटा र बढीमा आठ अस्थायी मतदान केन्द्र स्वीकृत गरेको हो ।

अस्थायी मतदाताको सूचीमा चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा बसेका कैदीबन्दीलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार