काठमाडौँ ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले चार दिन बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका अनुसार सरकारले आगामी मंसिर ४ गतेका लागि तय भएको दुवै तहको निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गते बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै शिक्षण संस्था विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
निर्वाचन आयोगले चुनावका समयमा सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
त्यसकै आधारमा गृहमन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।
सुचना हेर्नुहोस् :