११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

एमालेले प्रतिनिधिसभा समानुपातिकमा पायो २५ लाख ७० हजार १४२ मत,दोस्रोमा कांग्रेस

काठमाडौं ।
नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकको ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा २५ लाख ७० हजार १४२ मत पाएको छ ।

नेपाली कांग्रेस २४ लाख ३८ हजार ११ मतका साथ दोस्रोमा रहेको छ भने नेकपा माओवादी केन्द्र १० लाख ९१ हजार ५३६ मतका साथ तेस्रोमा छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा रहेको छ । स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मतका साथ पाँचौंमा छ ।

जनता समाजवादी पार्टीले ३ लाख ४३ हजार ९६३ मत पाएको छ भने जनमत पार्टीले २ लाख ८७ हजार ५०५ मत पाएको छ ।

समानुपातिकमा नेकपा एकीकृत समाजवादीले २ लाख ६२ हजार ७५७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार