२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

निर्वाचन सुरक्षा : विभिन्न २३ शक्तिमाथि उच्च निगरानी

काठमाडौं ।
सरकारले निर्वाचन बिथोल्न सक्ने खतरादेखिका विभिन्न २३ शक्तिमाथि उच्च निगरानीमा राखेको छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलसहित २३ विभिन्न शक्तिलाई उच्च निगरानीमा राखेको हो ।

सो समूहले गत मंगलबार पत्रकार सम्मेलन नै गरेर निर्वाचन विथोल्ने निर्णय गरिसकेको छ भने अन्य समूह पनि छिटपुट रूपमा निर्वाचन विथोल्न भित्रभित्रै सक्रिय रहेको सूचना सरकारी संयन्त्रसँग छ ।

सोही सूचनाका आधारमा गृह मन्त्रालयले ती समूहलाई उच्च तहको निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन गरिसकेको छ भने निर्वाचनलाई लक्षित गरेर तयार गरिएको सुरक्षा रणनीतिलाई समेत सूक्ष्म रूपमा बदल्ने नीति सरकारको छ । सो विषयमा निर्वाचन आयोगलेसमेत तयारी भइरहेको र आयोग सचेत रहेको बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमासमेत सो विषयमा मुख खोलेका थिए ।
उनले केही शक्तिले निर्वाचन बहिष्कार र केहीले निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न हुन नदिनेसम्मको योजना बनाएको भनेका हुन् ।
तर निर्वाचन विथोल्न सक्ने जुनसुकै शक्तिलाई सरकारले निगरानीमा राखिसकेको उनले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार