२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

चिसो बढ्यो देशभर ,दिउँसोमा पारिलो घाम लाग्ने

काठमाण्डौ ।
देशभर जाडो बढ्दै गएको छ । जाडो बढेसँगै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको छ ।

काठमाण्डौसहित धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको भन्दा आज एक डिग्री सेल्सियसले घटेको छ ।

हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार चिसो बढेसँगै रातको समयमा आकाश सफा भएकाले पनि बिहानको न्यूनतम तापक्रम घटेको हो ।

आज दिउँसो भने देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । पारिलो घामका कारण दिउँसोको समयमा खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढेको छ ।

यस्तै,हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो हावा चल्न थालेकाले पनि चिसो बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार