३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

रुपन्देहिमा एमालेका बिष्णु पौडेल निर्वाचित

बुटवल — रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् ।

पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।
पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङको उम्मेदवारी दर्ता भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार