स्याङ्जा २ मा एमालेकी अर्यालको शुरुवाति अग्रता

स्याङ्जा ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत स्याङ्जाको क्षेत्र नम्बर–२ मा प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । गल्याङ नगरपालिका–६ र ७ तथा भिरकोट–५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ४ सय ४४ मतले अगाडि हुनुहुन्छ ।

प्राप्त पछिल्लो विवरण अनुसार एमालेकी पद्मा अर्यालले २ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । अर्यालका प्रतिस्पर्धी कांग्रेसका धनराज गुरुङले २ हजार २०४ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५१२ मत प्राप्त गर्नुभएको छ । स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको छ । स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार