४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटले गरे लुम्बिनी भ्रमण

लुम्बिनी। नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोल्लिटले आज लुम्बिनी भ्रमण गरेका छन्। लुम्बिनी भ्रमणमा आउनुभएका राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्यसहितको टोलीले स्वागत गरेका हुन्।उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर र शान्तिदीपको अवलोकन गरेका थिए। भ्रमणका क्रममा बेलायती राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्ने बारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए।

उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद् सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको सहभागिता थियो। उक्त अवसरमा कोषका तर्फबाट राजदूत निकोलालाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार