२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

जाजरकोट जीप दुर्घटनामा ११ जनाको ज्यान गयो

जाजरकोट
जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन् । छेडागाड नगरपालिका वडा नम्बर ५ मा आज सोमवार दिउँसो कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छेडागाड नगरपालिका उपमेयर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरूमा जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ का जयकुमार बुढा, देवीसरा बुढा, रामबहादुर बुढा, दीपक अधिकारी, नैनसरा अधिकारी, अम्बर अधिकारी, निशा अधिकारी र वडा नम्बर ६ का वीरबहादुर खत्री रहेका छन् । यस्तै जीपको चालकसमेत रहेका दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर २ का मानबहादुर राउत, वडा नम्बर ३ का वीरेन्द्र केसी र अम्बरबहादुर खड्काको पनि ज्यान गएको उपमेयर थापाले जनाकारी दिनुभयो ।
दैलेखको भगवतीमाई गाउँपालिकाबाट जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ जन्ती आएका थिए । जन्ती र माइती पक्षबीच झडप भएपछि एक जना घाइते भएका र घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा जीप दुर्घटनामा परेको उपमेयर थापाले बताउनुभयो । दुर्घटनामा घाइते भएका जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार