८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

पहाडी क्षेत्रको मौसम आज पनि आंशिकदेखि सामान्य बदली हुने

काठमाण्डौ ।
भारतको बिहारमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ । तराईका जिल्लामा पनि हुस्सु कुहिरो लागेको छ ।

तराईका जिल्लामा लागेको हुस्सु कुहिरो दिउँसो पछि मात्रै हट्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

देशभर नै जाडो बढिरहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार