२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

दोलखामा एमालेका शिवाकोटीले पछि पारे माओवादीका कार्किलाई

दोलखा, मंसिर १८ । प्रतिनिधिसभातर्फ दोलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले झनै अग्रता बढाएका छन् । यसअघि ११ सयको मतान्तर बनाएका सिवाकोटीले अहिले बिहान ७ बजेसम्ममा १५०३ मतान्तर बनाएका हुन् ।

३६ हजार ३३६ मत गणना हुँदा शिवाकोटीले १६ हजार २१४ मतका साथ अगाडि छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् ।

मतगणनाको सुरुवाती क्रममा माओवादीको कार्कीलाई नै एक हजारको अग्रता थियो । तर आइतबार बिहानसम्ममा एमालेले एक हजारभन्दा बढी मतका साथ लिड गरेको हो ।

मंसिर ४ गते भएको मतदानमा बुथ कब्जा भएपछि गत बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान भएको थियो।

उता समानुपातिक मत गणनामा पनि नेकपा एमालेले अग्रता कायम गरेको छ । प्रत्यक्षमा दोस्रो दल बनेको नेकपा एमाले समानुपातिकमा पहिलो हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार