२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल गर्न गठबन्धन बैठक बस्दै

काठमाण्डौ ।
चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।
दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, माओवादीले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जित हासिल गरेका छन् ।
चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरुले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको आरोप–प्रत्यारोप पनि भइरहेको छ ।

यस्तै नयाँ सरकार गठनको विषयमा पनि सत्ता गठबन्धभित्र एकमत छैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरुले यही गठबन्धनलाई निरन्तरता दिने बताए पनि पहिले कसको नेतृत्वमा सरकार गठन गर्ने र प्रधानमन्त्री को हुने भन्ने विवाद छ ।

यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति हुन बाँकी छ ।
गठबन्धनभित्र सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अरु दलको समीकरण सक्ने विश्लेषण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार