३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

नवलपरासी : दाइजोविना विवाह गरेका छ जोडी सम्मानित

नवलपरासी ,
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिकामा दाइजोविना विवाह गरेका छ जोडी सम्मानित भएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोविना विवाह गरेका ति जोडिलाई सम्मानित गरेको हो ।
विवाहमा गरिने फजुल खर्चलाई सामाजिक काममा लगाउने उद्घोषका साथ वैवाहिक जीवनमा बाँधिएका नव जोडीलाई सम्मान गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।
ुविवाहलाई दाइजोरहित बनाउन निकै चुनौतीपूर्ण रहेको समाजलाई नै चुनौति दिदै दाइजो प्रथाको उल्मुलनका लागि ति जोडिले रदाहरणिय सुरुवात गरेका छन् ।
सम्मानित हुने नव जोडीहरुमा सलाउद्दीन मन्सुरी र नाजमा खातुन, अशोक हरिजन र बबिता हरिजन, पंकज गिरी र मनिषा गिरी, प्रमोद हरिजन र अनिशा हरिजन, शैलेशकुमार कोइरी र निर्जलीकुमारी कोइरी, असिउद्दीन अन्सारी र अम्जाहान खातुन हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार