२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

अब कसरि बन्छ नयाँ सरकार

काठमाण्डौ ।
निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।

राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशित हुनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचन परिणामअनुसार एउटै दलको बहुमत नभएकाले उपधारा (२) अनुसार मन्त्रिपरिषद् गठनको विकल्पमा जानुपर्ने अवस्था रहेको छ ।

उपधारा (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने ब्यवस्था संविधानमा छ । यही संवैधानिक व्यवस्थाअनुसार सरकार गठनका लागि दलहरूले बहुमत जुटाउने प्रयास गर्नुपर्ने हुन्छ । तर दुई वा दुईभन्दा बढी दलको समर्थनका आधारमा पनि सरकार गठन हुन नसकेमा चुनावको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य रहेको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र त्यसरी नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

आयोगले हिजो सार्वजनिक गरेको अन्तिम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना सासंद निर्वाचित भएका छन् । चुनाव–२०७९ बाट ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार