भारतको बिहार राज्यमा विषालु रक्सी खाँदा ३९ जनाले ज्यान गुमाएका छन् । बिहारको छपरा जिल्लामा अस्ति मङ्गलवारदेखि आज बिहीवारसम्म विषालु रक्सी खाएका ३९ जनाको ज्यान गएको र ३० जना बिरामी परेका बीबीसीले जनाएको छ । बिरामीमध्ये धेरै जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पटना पठाइएको खबरमा उल्लेख छ ।
छपरा जिल्लाका डीएम राजेश मिणाका अनुसार रक्सी खाएकाहरूको आँखाको ज्योति गुमेको छ भने धेरैमा लगातार बान्ता हुने समस्या देखिएको छ । बिहारमा रक्सी बेच्न र खान बन्देज
विषालु रक्सी खाँदा ३९ जनाको मृत्यु
तपाईको प्रतिक्रिया