राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।

बुढानीलकण्ठस्थित एक होटलमा बस्ने बैठकबाट यसअघि करिब टुंगिसकेको नामलाई अनुमोदन गरिने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

प्रारम्भिक चुनावमा सभापति रवि लामिछाने विजयी भएकाले उनलाई नै दलको नेता चयन गरिने उनले बताएका छन्।

नयाँ सरकारमा सहभागी हुने/नहुनेबारे पनि आजको बैठकमा छलफल बताइएको छ।

स्वतन्त्रका प्रत्यक्षबाट ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार