२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

एका एक फेरिएको राजनैतिक कोर्ष : प्रचण्ड प्रधानमन्त्री बन्ने १६६ सांसदको समर्थन

काठमाण्डौ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको छ । एक सय ६६ जना सांसदको हस्ताक्षरसहित प्रचण्डले प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरेर एक सय ६६ जना सांसदको समर्थन रहेको छ । नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १४, जनता समाजवादी पार्टी जसपासँग १२, जतमत पार्टीसँग छ र नागरिक उन्मुक्ति पार्टीसँग चार जना सांसद सहित सांसदको सङ्ख्या एक सय ६६ जना छ ।
प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेका एमाले अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड, रवि लामिछाने, राजेन्द्र लिङ्देन, रञ्जिता श्रेष्ठलगायतका नेताहरू शीतल निवास पुग्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार