३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

काँग्रेसकाे हालत एम्बाप्पेकाे जस्तै भयाे: विश्वप्रकाश शर्मा

पाेखरा।
नेपाली काँग्रेसका महामन्त्री विश्वकप्रकाश शर्माले नेपाली काँग्रेसकाे अवस्था विश्वकपमा धेरै गाेल गरेर पनि हारेका फ्रान्सेली खेलाडीकाे जस्ताे भएकाे प्रतिक्रिया दिएका छन्।

पाेखरामा जारी नेपाल लिटेचर फेस्टिफलकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै महामन्त्री शर्माले चुनावमा धेरै मत प्राप्त गरेर पनि हार्नु परेकाे अवस्थाले दुखी भएकाे बताए।

‘भर्खरै सकिएकाे विश्वकपमा एम्बाप्पेले धेरै गाेल गरे, गाेल्डेन बुट पनि जिते तर विश्वकप जित्न सकेनन्,’ महामन्त्री शर्माले भने,‘अहिले हाम्राे हालत पनि त्यस्तै भएकाे छ, हामीले चुनाव जित्याै सरकारकाे नेतृत्व गर्ने पाएनाैँ।’

सत्ता समीकरणका कारण देशकाे पहिलाे पार्टी बनेकाे नेपाली काँग्रेस प्रतिपक्षमा बस्न बाध्य भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार