२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद गुरुङको पद निलम्बन

काठमाण्डौ ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ । सङ्घीय संसद् सचिवालयले सूचना निकालेर अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको जानकारी गराएको हो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङले काठमाण्डौ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले २०७५ सालको माघमा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङसहित १६ जनाविरुद्ध मुद्दा दायर भएकोमा गुरुङलाई मात्रै ३१ करोड रुपैयाँको बिगो तोकिएको छ ।

कांग्रेसबाट निर्वाचित गुरुङले सांसद पदको शपथ भने लिइसक्नुभएको छ। गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उहाँको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार