२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

माधव नेपालको शंका ओलीले देउवालाई झुक्याए

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई झुक्याएको बताएका छन् । देउवाले ओलीको कुरा नबुझ्दा अवस्था भताभुंग भएको बताएका थिए ।

“केपी ओलीले देउवालाई फोन गरेको थाहा पाएपछि प्रचण्ड रिसाएर हिँडेछन् । ओलीले देउवालाई मैले प्रचण्डलाई समर्थन गर्दिनँ तपाईँ नै पाँच वर्ष प्रधानमन्त्री बन्नुस् भनेर भनेछन् । देउवा मख्ख परे । प्रचण्ड बालुवाटारबाट गठबन्धन तोडियो भनेर हिँडेपछि पनि देउवालाई विश्वास थिएन ।

केपी ओलीको निवासमा हस्ताक्षर हुन थालेपछि देउवा झस्किए,” नेता नेपालले मंगलबार आफ्ना सांसदहरुलाई बधाई तथा शुभकामना दिने क्रममा यस्तो बताएका एक नेताले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार